‘सार्वजनिक जग्गा संरक्षण वर्ष–२०७५’ मनाउने पोखरा महानगरको निर्णय
पोखरा–लेखनाथ महानगरपालिकाको तेस्रो नगर सभाले ‘सार्वजनिक जग्गा संरक्षण वर्ष–२०७५’ मनाउने निर्णय गरेको छ ।
सभाले सार्वजनिक तथा सरकारी जग्गा दोहन र अतिक्रमण रोक्न संरक्षण वर्ष मनाउने निर्णय गरेको हो ।
अभियानका क्रममा प्रत्येक वडामा अमीन पठाएर सार्वजनिक जग्गा छुट्याउने, रेखांकन गर्ने, सार्वजनिक जग्गामा बनेका संरचना भत्काउने लगायतका काम हुनेछन् ।
पोखरा–लेखनाथभित्र सरकारी तथा सार्वजनिक सम्पत्तिमाथि विचौलियाको रजाइँ सम्बन्धी रिपोर्ट हिमाल खबरपत्रिकामा प्रकाशित भएको थियो । त्यस लगत्तै प्रदेश–४ को मन्त्रिपरिषद् बैठकले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण रोक्ने नीति बनाउन उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिमा भुमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा सदस्य र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्यसचिव छन् ।
युवराज श्रेष्ठ, पोखरा