रारा–कर्णाली पर्यटन वर्ष उद्घाटन समारोहका लागि ३९ लाख विनियोजन
कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन समारोहका लागि रु ३९ लाख बजेट विनियोजन गरेको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आवश्यक तयारी र प्रचारप्रसारका लागि उक्त बजेट विनियोजन गरेको हो ।
कर्णाली प्रदेश सरकारले २०७५ सालमा कर्णाली प्रदेशका १० जिल्लामा पर्यटन वर्ष घोषणा गरेको छ ।
पर्यटन वर्षको मुगुको रारा तालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले १ वैशाखमा उद्घाटन गर्नेछन् । राराबाटै प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ ।
१ वैशाखमै प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रारामा कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक पनि बस्नेछ ।