समाचारबिहिवार, चैत्र २९, २०७४

महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान

हिमालखबर

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

तस्वीरहरु: रासस

आज गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

२७ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले खनालद्वयलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे महानिरीक्षकमा नियुक्त गरेको थियो ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाअवधिका कारण २८ चैतदेखि अवकाश पाएका छन् ।

प्रतिकृया दिनुहोस