शृंखला खतिवडा भइन् मिस नेपाल- २०१८
यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि शृंखला खतिवडाले पाएकी छन् ।
द हिडन ट्रेजरले होटेल अन्नपूर्णमा आयोजना गरेको अन्तिम प्रतिस्पर्धामा २४ प्रतिस्पर्धीलाई पछि पार्दै हेटौंडाकी खतिवडाले उपाधि हात पारेकी हुन् ।
यो उपाधिसँगै उनले ‘मिस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व पनि गर्ने छिन् । खतिवडालाई २०१७ की मिस नेपाल वल्र्ड निकिता चाण्डकले क्राउन पहिराइदिएकी थिइन् ।
प्रतियोगितामा ‘मिस नेपाल युनिभर्स’ को उपाधि मनिता देवकोटाले जितेकी छन् भने ‘मिस नेपाल अर्थ’ को उपाधि प्रिया सिग्देलले प्राप्त गरिन् ।
‘मिस नेपाल इन्टरनेशनल’ को उपाधि रोनाली अमात्यले प्राप्त गरेकी छन् ।