आगामी आवमा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने एडीबीको प्रक्षेपण
एशियाली विकास ब्यांक (एडीबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
एडीबीले निर्माणाधिन ठूला आयोजनाको प्रगति विवरणमा केन्द्रित रहेर आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सिमित हुने जनाएको हो ।
एडीबीले ‘एशियाको विकास परिदृश्य’ रिपोर्टमा चालु आवमा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशतमा सिमित रहने पनि उल्लेख गरेको छ ।
रिपोर्टमा अघिल्लो आवको तुलनामा चालु आवमा मकै र कोदोजस्ता बर्खे बालीको उत्पादन वृद्धि भएपनि औद्योगिक वृद्धिदर कम हुने उल्लेख गरेको छ ।
एडीबीले स्थानीय र प्रदेश सरकारको कारण खर्चमा वृद्धि र कमजोर राजस्व परिचालनका कारण बजेट घाटा बढ्ने अनुमान समेत गरेको छ ।
त्यस्तै, जलविद्युत् र होटल क्षेत्रमा क्रमिक रुपमा बढेको लगानीले सकारात्मक प्रतिफल दिने प्रक्षेपण गरिएको छ ।