सिभिल ब्यांक र विवेक अटोमोवाइल्सबीच विपन्न वर्ग कर्जा परिचालन गर्ने सम्झौता
सिभिल ब्यांंक लिमिटेडले विपन्न वर्ग कर्जा कार्यक्रमलाई प्रभावकारी बनाउन विवेक अटोमोबाइल्स प्रा.लि.सँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा सिभिल ब्यांकका चिफ विजिनेस अफिसर सुजितकुमार शाक्य र विवेक अटोमोबाइल्स प्रा.लि.का कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सिभिल ब्यांकले विपन्न वर्ग कर्जा कार्यक्रमअन्तर्गत इटालियन ब्राण्डको तीनपांग्रे सवारीसाधन ‘पियाजो’मा ७० प्रतिशतसम्म लगानी गर्नेछ ।
यसले रोजगारी सिर्जना गर्ने ब्यांक र अटोबाइल्स दुवै कम्पनीले विश्वास लिएका छन् ।
ब्यांकले यसअघि आफ्नो ५९ वटा शाखा तथा ९ शाखा रहित ब्यांकिङ्मार्फत विपन्न वर्ग कर्जा परिचालन गर्दै आइरहेको छ ।