नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् ।
आज, २७ चैत साँझ बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।
डीआईजीबाट बढुवाको वरियतामा सर्वेन्द्र खनाल पहिलो, रमेश खरेल दोस्रो र पुष्कर कार्की तेस्रो नम्बरमा थिए ।
त्यस्तै, सशस्त्रको आईजीपीका लागि शैलेन्द्र खनालसँगै पुष्पराम केसी दौडमा थिए ।
नेपाल प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण २८ चैतमा अवकाश पाउँदैछन् ।