एनआईसी एशिया ब्यांकको भारतमा रेमिटेन्स सेवा शुरुआत
एनआईसी एशिया ब्यांक लिमिटेडले भारतको एक्सिस् ब्यांक लिमिटेडसँगको सहकार्यमा रेमिटेन्स सेवाको सम्झौता गरेको छ ।
सम्झौताअनुसार एक्सिस् ब्यांकको भारतमा अवस्थित ३,५०० भन्दा बढि शाखाबाट नेपालमा रकम पठाउन सकिनेछ ।
एक्सिस ब्यांकबाट पठाएको रकम नेपालमा रहेका एनआईसी एशिया ब्यांकका १९२ वटा शाखा तथा पाँच हजारभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी पाउन सकिनेछ ।
एनआईसी एशिया ब्यांकका मुलुकभर १९३ एटीएम, चार एक्स्टेन्सन काउन्टर र चार शाखारहित ब्यांकिङ सेवा रहेको छ् ।