एनआईबीएलएस क्यापिटल लिमिटेडका तीन नयाँ शाखा
एनआईबीएलएस क्यापिटल लिमिटेडले एकैसाथ वीरगञ्ज, बुटवल र विराटनगरमा तीन नयाँ शाखा विस्तार गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट ब्यांक लिमिटेडको सहायक कम्पनी एनआईबीएलएसले हालसम्म एक लाख ५० हजारभन्दा बढी हितग्राही खाता सञ्चालन गर्दै आइरहेको छ ।
एनआईबीएलएसले ब्यांक/वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् कम्पनी तथा होटल गरी ३७ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।
ग्राहकहरुको माग र आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा देशका अन्य प्रमुख शहरहरुमा शाखा विस्तार गर्दै जाने कम्पनीले जनाएको छ ।