कला/साहित्यसोमबार, २६ चैत्र , २०७४

टिभिएस जुपिटर क्लासिकका ग्राहकले नायिका प्रियंका कार्कीसँग हेरे ‘शत्रु गते’

हिमालखबर

नेपालका लागि टिभिएस मोर्टसको आधिकारिक वितरक जगदम्बा मोर्टसले टिभिएस जुपिटर क्लासिकका ग्राहकहरुलाई प्रियंका कार्कीसँग चलचित्र ‘शत्रु गते’ हेराएको छ ।

ललितपुरको लबिम मलमा जुपिटर क्लासिकका ग्राहकहरुलाई नायिका कार्कीसँग बसेर चलचित्र हेर्ने अवसर प्रदान गरिएको थियो ।

जगदम्बा मोर्टस प्रालिका उपाध्यक्ष दीपक अग्रवालले विक्री पछिको सेवा र ग्राहकको मनोरञ्जनलाई ख्याल गरेर चलचित्र हेर्ने अवसर जुराएको जानकारी दिए ।

प्रियंका कार्की टिभिएस जुपिटर क्लासिकको ब्राण्ड एम्बेसडर हुन् । चलचित्र शत्रु गतेमा उनको मूख्य भुमिका छ ।

 

प्रतिकृया दिनुहोस