सरकारले गर्ने विकास र समृद्धिका निर्णयमा कांग्रेसको समर्थनः सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले गर्ने विकास निर्माण र समृद्धिको निर्णयमा नेपाली कांग्रेसको समर्थन रहने बताएका छन् ।
आज बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले विकास निर्माणका निर्णय र कामको समर्थन गर्ने तर लोकतन्त्रको मूल्य मान्यतामा सम्झौता नगरिने बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका विषयमा अहिले कुनै टिप्पणी नगर्ने र भ्रमणमा गरिएका समझदारी जनताले अनुभूत गर्न पाए मात्र भ्रमणको सफलता मानिने उनले बताए ।
त्यस्तै सिंहले कांग्रेसमा नेतृत्व परिवर्तन, सांगठनिक सुदृढता र वैचारिक स्पष्टता अपरिहार्य भएको पनि बताए ।