थप समाचारआइतवार, चैत्र २५, २०७४

यो सिजनमा २२६ आरोही सगरमाथा चढ्दै

हिमालखबर

यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । 

पर्यटन विभागका अनुसार आरोहण अनुमति लिने ४५ मध्ये २३ वटा समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका छन् । 

सगरमाथा चढ्न मात्रै २३ समूहका २२६ आरोहीले आरोहणको अनुमति लिएको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए । उनका अनुसार सगरमाथा, अन्नपूर्ण, आमादब्लमलगायत हिमाल आरोहणमा स्वदेशी तथा विदेशी आरोही गएका छन् । विभागले आरोहणका लागि अहिलेसम्म ३८ जना सम्पर्क अधिकृत खटाइसकेको छ । ६ हजार ५०० मिटर माथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । 

महानिर्देशक भट्टराईले आरोही धमाधम गन्तव्यतर्फ जान थालेको र अझै आरोहण समूहहरुले थपिन सक्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस