प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधी
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज उत्तराखण्डको एक विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको छ ।
उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई 'अनररी डक्टर अफ साइन्स'को उपाधि (मानार्थ विद्यावारिधि ) दिइएको हो ।
आजै उत्तरखण्डका गभर्नर कृष्णकान्त पाउलले प्रधानमन्त्री ओलीको सम्मानमा दिवा भोजको आयोजना गरेका छन्। दिवाभोजपछि प्रधानमन्त्री ओली अपरान्ह नयाँदिल्ली फर्कनेछन्। उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।