प्रम ओली र भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीबीच भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेटवार्ता गरेको छ ।
त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भेटमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत भारतीय राष्ट्रिय कांग्रेसका अन्य शीर्ष नेताको सहभागिता थियो । सो अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी थिए ।