प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट
प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने भ्रमणमा गएपछि उनले गर्ने दैनिक प्रशासनिक काम रक्षा मन्त्री ईश्वर पोखरेलले गर्ने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमणको सिलसिलामा आज भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी हुन् ।
नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।