५४ सदस्यीय प्रतिनिधिमण्डल सहित प्रधानमन्त्री भारत प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
अाेली नेपाल वायु सेवा निगमको विमानबाट आज बिहान ९ बजे भारत प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलगायत सहभागी छन् ।
प्रतिनिधिमण्डलमा नायक राजेश हमाल र निर्देशक दिनेश डिसी पनि सहभागी छन् ।
प्रधानमन्त्री ओली २५ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।