९ वैशाखमा पार्टी एकताः दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ९ वैशाखमा पार्टी एकता हुने बताएका छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै दाहालले ९ वैशाखमा एमाले र माओवादीबीच एकता हुने जनाएका हुन् ।
विकास, शान्ति र समृद्धिका लागि दुई ठुला वाम पार्टीबीच एकीकरण हुन लागेको दाहालले बताए ।
दाहालले भने– “अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्री भारतबाट फर्किएपछि एकता गर्ने सहमति भएको छ ।”
चुनाव चिह्नबारे भने सहमति हुन बाँकी रहेको उनले बताए ।