धनुषामा बम विस्फोट, एकजना घाइते
धनुषाको पूर्वी क्षेत्र धारापानीमा आज बिहान बम विस्फोट हुँदा एक महिला घाइते भएकी छन् ।
विस्फोटमा परी ६० वर्षीया तीर्थमाया तामाङ घाइते भएकी हुन् ।
घाइतेलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएकोे छ । बम विस्फोटबारे अनुसन्धान शुरु गरिएको धनुषाको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । रासस