एमाले संसदीय दलको उपनेतामा सुवास नेम्बाङ चयन
नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्बाङ चयन भएका छन् ।
आज बसेको एमाले संसदीय दलको बैठकले नेम्बाङलाई उपनेता चयन गरेको हो ।
त्यस्तै बैठकले खगराज अधिकारीलाई प्रमुख सचेतक र शान्ता चौधरीलाई सचेतक चयन गरेको छ ।
नेम्बाङ यसअघि पनि संसदीय दलको उपनेता थिए । उनी संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख हुन् ।
अधिकारी पूर्व स्वास्थ्य मन्त्री हुन् भने चौधरी पहिलो संविधानसभा तथा व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत साधन समितिको सभापति भएकी थिइन् ।