सुर्खेतमा परीक्षण उडान सफल, १ वैशाखदेखि नियमित उडान
बुद्ध एअरले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परीक्षण उडान गरेको छ ।
आज बुद्धको ९एन–एआईएन कल साइनको विमानले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो ।
काठमाडौं–सुर्खेत सिधा उडान भने १ वैशाखदेखि हुनेछ । कर्णाली प्रदेश सरकारको अगुवाइमा नेपाल एयरलाइन्स र बुद्ध एअरले काठमाडौं–सुर्खेत नियमित उडान गर्ने भएका हुन् ।
परीक्षण उडानमा गएको जहाजलाई स्वागत गर्न कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला विमानस्थल पुगेका थिए ।
सुर्खेत विमानस्थलमा ४७ सिट क्षमतासम्मको विमानले उडान भर्न सक्नेछन् ।
यात्रुको चापका आधारमा काठमाडौं–सुर्खेत दैनिक एकभन्दा बढी उडान समेत गर्न सकिने बुद्ध एअरले जनाएको छ ।