चिकित्सा शिक्षा अध्यादेश संसदबाट पारित
प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ बहुमतले पारित गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने केही बुँदमा फरक मत राखेका थिए ।
मन्त्री पोखरेलले विधेयकमा रहेका कमी कमजोरीहरु प्रतिस्थापन विधेयक मार्फत सच्याएर पारित गरिने बताएका छन् ।
मन्त्री पोखरेलले अध्यादेश निकै ठूलो बहस र छलफलपछि ल्याइएको भन्दै प्रतिस्थापन विधेयकमार्फत थप सुधार गर्न सकिने बताएका थिए ।
चिकित्सा शिक्षा अध्यादेश चाँडै पारित गर्नका लागि सत्याग्रही डा गोविन्द केसीले निरन्तर दबाब दिंदै आएका थिए ।