संसद् अधिवेशन अन्त्य
संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आजदेखि अन्त्य भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । यस अवधिमा तीन विधेयक स्वीकृत भएका छन्।
रासस