एसईई दिएका विद्यार्थीहरुलाई एनसेलको ‘पहिलो सिम’ योजना
एनसेलले २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीहरुका लागि विषेश योजना ‘पहिलो सिम’ ल्याएको छ ।
उक्त योजना अन्तर्गत विद्यार्थीले १ रुपैयाँमा एनसेलको प्रिपेड सिमको खरीदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवा समेत प्रयोग गर्न सक्नेछन् ।
विद्यार्थीहरुले विशेष डेटा प्याकसँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएस समेत पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै एक वर्षसम्म रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा १०० एमबी डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् ।
१९ चैत्रदेखि लागू भएको योजनामा सहभागी हुन विद्यार्थीहरुले परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाइ सिम लिन सक्नेछन् । योजना असार १९ सम्म लागू हुने कम्पनीले जनाएको छ ।