दोस्रो जीतपछि काठमाडौं शीर्षस्थानमा, धनगढी पनि विजयी
काठमाडौं गोल्डेन्स रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को शीर्षस्थानमा उक्लिएको छ । धनगढीमा १९ चैतमा रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेपछि गोल्डेन्सको चार अंक भएको छ । गोल्डेन्सले १७ चैतमा टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको थियो ।
आजै भएको अर्को खेलमा धनगढी टीम चौराहले सिवाईसि अत्तरियालाई तीन विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५० रन बनायो ।
एक सय ५१ रनको विजयी लक्ष्य टिम चौराहले चार बल बाँकी छँदै लक्ष्य पुरा गरेको हो । टिम चौराहका कप्तान सोमपाल कामीले अविजित १५ बलमा ३९ रन बनाए ।
टीम चौराहले २० चैतमा महेन्द्रनगर युनाईटेडको सामना गर्नेछ । तस्वीरः रासस