कला/साहित्यसोमवार, चैत्र १९, २०७४

उपन्यास ‘काठमाडौंमा एक दिन’ को ट्रेलर

हिमालखबर

२९ चैतमा विमोचन गरिने उपन्यास ‘काठमाडौंमा एक दिन’ को ट्रेलर हालै सार्वजनिक गरिएको छ ।

१५ चैतमा यूट्युबाट सार्वजनिक गरिएको ट्रेलर आजसम्म ४२ हजारभन्दा बढीले हेरिसकेका छन् ।

शिवानी सिंह थारूद्वारा लिखित उपन्यासको आवरण भने यसअघि नै सार्वजनिक भइसकेको छ ।

मोडलिङ, टेलिभिजन कार्यक्रम प्रस्तोता तथा नाटक लेखनको अनुभव संगालिसकेकी थारुको यो पहिलो उपन्यास हो ।

नेपाली पुस्तक प्रबर्धनमा ट्रेलरको प्रयोग नौलो भएको प्रकाशक फाइनप्रिन्टको दावी छ ।

 

प्रतिकृया दिनुहोस