हिमालयन डिष्टीलरीको ‘रोयल ट्रेजर’ बजारमा
दशैंको अवसर पारेर हिमालयन डिष्टीलरी लिमिटेडले आफ्नो नयाँ उत्पादन रोयल ट्रेजर प्रीमियम ह्वीस्की बजारमा ल्याएको छ । रोयल ट्रेजरको लेबलमा ‘बहुमुल्य स्कटीश जौ र नेपालमै उत्कृट रुपले छनौट गरिएको ‘ग्रेन स्पिरीट’ को अद्वीतिय मिश्रण’ भन्ने उल्लेख छ । ७५०, ३५० र १८० मिलिलिटरको बोतलमा उपलब्ध यस ह्वीस्कीको बजार मुल्य क्रमशः रु. १२००, ६०० र ३०० तोकिएको छ ।
हिमालयन डिष्टीलरी रुस्लान भोड्काका लागि चिर–परिचित जावलाखेल ग्रुप अफ इण्डष्ट्रीजद्वारा प्रवद्र्धित संस्था हो । हिमालयनले यसअघि प्रिमियम ह्वीस्कीका दुई ब्राण्ड सिग्राम्स् रोयल स्ट्याग र सिग्राम्स् ब्लेण्डर्स प्राइडको नेपालमा उत्पादन तथा विक्रि वितरण गरिसकेको छ । ‘गोल्डेन ओक’ र हिमालयन अयलाः (परम्परागत नेवारी मदिरा) पनि यही कम्पनीको उत्पादन हो ।