खेलकुदआइतवार, चैत्र १८, २०७४

डिपिएलः रुपन्देहीविरुद्ध अत्तरियाको फराकिलो जीत

हिमालखबर

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो दिन सिवाईसि अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको छ । १८ चैतमा रुपन्देहीले दिएको ६२ रनको लक्ष्य अत्तरियाले ७.३ ओभरमा एक विकेटको क्षतिमा पुरा गरेको हो ।  चार ओभरमा १५ रन खर्चेर चार विकेट लिएका अत्तरियाका कमलसिंह ऐरी म्यान अफ दि म्याच भए ।
१७ चैतबाट शुरु उद्घाटन खेलमा काठमाडौंँ गोल्डेन्सले साविक विजेता टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको थियो ।

अाज मध्यान्ह १ बजे विराटनगर किंग्स र महेन्द्रनगर युनाईटेडबीच खेल हुँदैछ ।

प्रतिकृया दिनुहोस