डिपिएल शुरु, साविक विजेताको खराब शुरुवात
धनगढीमा सुरु भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’(डिपिएल) क्रिकेट प्रतियोगितामा प्रतिष्पर्धा गर्दै टिम चौराहा धनगढी र काठमाडौं गोल्डन्सका खेलाडी । तस्वीर: सिद्धराज भट्ट/रासस
प्रदेश सातको राजधानीमा रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट शुरु भएको छ । धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा १७ चैतमा शुरु प्रतियोगितामा काठमाडौंँ गोल्डेन्सले साविक विजेता टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको टीम चौराहले ६ विकेटको क्षतिमा १४५ रन जोडेको थियो । चौराहका लागि सुनिल धमलाले ५७ बलमा सर्वाधिक ६८ रन बनाए । शंकर रानाले ३६ र राजु रिजालले अविजित रहँदै ११ रनको योगदान दिए ।
अमित श्रेष्ठको ८१ रन मद्दतले काठमाडौं गोल्डेन्सले १४६ रनको विजय लक्ष्य १८ दशमलव ४ ओभरमा पुरा ग¥यो । यस्तै नरेश बुढाऐरले अविजित २४, जयकिशन कोल्सावालाले १६, टीम कप्तान ज्ञानेन्द्र मल्लले १० र सन्नी पटेलले ७ रन जोडे ।
टिम चौराहका सुनिल धमला र सम्साद शेखले एक÷एक विकेट लिए पनि काठमाौंलाई रोक्न सकेन । बलिङतर्फ काठमाडौ गोल्डेन्सका साहब आलमले १८ औँ ओभरमा लगातार तीन विकेट लिए । उनले तेस्रो बलमा सुनिल धमला, चौथोमा सोमपाल कामी तर पाँचौँ बलमा सोनु तामाङलाई पेभिलियन फर्काएका थिए ।
१८ चैतमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स खेल हुँदैछ ।