दोहोरो अंकले बढ्यो शेयर बजार
निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो ।
आज १६४ कम्पनीको १४ लाख २७ हजार ९८१ कित्ता शेयर रु ३८ करोड ७१ लाख ७८ हजार ४०१ मा खरीद–बिक्री भएको छ ।
क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स आज ३.४ बिन्दुले बढेर २६०.८८ बिन्दुमा पुगेको छ ।
आज व्यापार ३.०४ र अन्य समूहको ०.०३ बिन्दुले ओरालो लाग्यो । त्यस्तै, ब्यांकिङ १५.७२, होटल ८.०६, विकास ब्यांक २०.४५, जलविद्युत् ४१.६, वित्त ५.६७, बीमा ६६.३५, उत्पादन १०.२३ र माइक्रोफाइनान्सको शेयर १९.९९ बिन्दुले उकालो लाग्यो ।
सरकारले श्वेतपत्र जारी गर्ने तयारी गरेको र त्यसमा धितोपत्रको विषयसमेत समेटिने खबर सार्वजनिक भएसँगै नेप्से परिसूचक उकालो लागेको अनुमान गरिएको छ ।