इन्भेष्टमेण्ट ब्यांकका दुई शाखा स्थानान्तरण
नेपाल इन्भेष्टमेण्ट ब्यांंक लिमिटेडले एकै दिन दुई वटा शाखा स्थानान्तरण गरेको छ ।
स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको १४ चैतमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरेका हुन् ।
नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेण्ट ब्यांकको यी दुवै शाखालाई इन्भेष्टमेण्टले प्राप्ति गरेपछि भरतपुर–२० चनौली र नवलपरासीको देवचुली नगरपालिका– १४ दलदलेमा स्थानान्तरण गरेको हो ।
इन्भेष्टमेन्ट ब्यांकले हाल ६६ वटा शाखामार्फत ब्यांकिङ सेवा दिइरहेको छ ।
ब्यांकले ग्रामीण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल विस्तार गर्ने अभियान तीव्र रुपमा अगाडि बढाएको छ ।
इन्भेष्टमेन्ट ब्यांकका हाल प्रदेश–१ मा ८, प्रदेश–२ मा ६, प्रदेश–३ मा ३१, प्रदेश–४ मा ५ र प्रदेश–५ मा ८ वटा शाखा रहेका छन् ।
त्यस्तै कर्णाली र ७ नम्बर प्रदेशमा ४/४ शाखा कार्यालय रहेका छन् । ब्यांकले ९८ वटा एटीएम काउन्टरमार्फत पनि सेवा दिइरहेको छ ।