नेपाल यमनसँग पराजित
एसियन कप २०१९ छनोटको अन्तिम खेलमा नेपाल यमनसँग् पराजित भएको छ । १३ चैतमा कतारमा भएको खेलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको हो । खेल सकिन केही मिनेट बाँकी छँदा पेनाल्टी पाएपछि यमनको जित सम्भव भएको हो ।
जम्मा दुई अंक जोडेको नेपालकाे महादेशीय फुटबलको सर्वोच्च प्रतियोगितामा छनोट हुने सम्भावना यसअघि नै समाप्त भइसकेको थियो । गत वर्ष काठमाडौंमा भएको खेलमा नेपालले यमनलाई गोल रहित बराबरीमा रोकेको थियो ।