रेन वाटर हार्भेस्टिङ आयोजना हस्तान्तरण
सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट, वाटर एड नेपाल र कोकाकोला फाउन्डेशनले निर्माण गरेको बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) परियोजना काठमाडौंको रानीवारी सामुदायीक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ ।
आयोजनाको हस्तान्तरण सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्टका निर्देशक पुष्करलाल श्रेष्ठ, वाटर एडका कार्यक्रम निर्देशक कवीन्द्र पुडासैनी र कोकाकोला फाउन्डेशनका प्रतिनिधिहरुले संयुक्त रुपमा गरेका हुन् ।
नेपाल सरकार र वाटर एड नेपालसँगको सहकार्यमा कोकाकोला फाउण्डेसनले ‘रेन वाटर हार्भेस्टिङ फर ग्राउन्ड वाटर रिचार्ज’ कार्यक्रम रानीवारी क्षेत्रमा सञ्चालन गरेको हो ।
कोकाकोला फाउण्डेशनले पानीको स्रोत संरक्षण, पानीको रिचार्ज र मुहानहरुको एकीकृत व्यवस्थापन जस्ता बिषयमा काम गर्दै आइरहेको छ ।
रेन वाटर हार्भेस्टिङ र ग्राउन्ड वाटर रिचार्ज प्रणालीले बर्षातको पानी संकलन र पानीको वैकल्पिक स्रोतको व्यवस्थापन गर्न सहयोग पु¥याउने हस्तान्तरण कार्यक्रममा सहभागीहरुले जानकारी दिए ।