मिस नेपाल प्रतियोगीका लागि यामाहाको सडक सुरक्षा कार्यक्रम
यामाहाले मिस नेपाल २०१८ का प्रतियोगीहरुका लागि सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरेको छ ।
ट्राफिक प्रहरी र यामाहाका तालिम प्राप्त प्रशिक्षकले उनीहरुलाई सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराएका हुन् ।
मिस नेपाल प्रतियोगीहरुलाई ट्राफिक प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनी र यामाहाका तर्फबाट प्रशिक्षक सन्तोष श्रेष्ठले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायहरुबारे जानकारी गराएका थिए ।
त्यस्तै, मिस नेपालका प्रतियोगीहरुले यामाहाको सामाजिक अभियानमा सहभागिता जनाएका छन् । उनीहरुले काठमाडौंको त्रिपुरेश्वर, थापाथली, जमल, बानेश्वरमा सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे जनचेतना प्रवाह गरेका थिए । साथै, उनीहरुले पैदलयात्रीलाई वायु प्रदूषणको प्रभावबाट बच्न मास्क वितरण समेत गरेका थिए ।