कला/साहित्यशनिवार, चैत्र १०, २०७४

शान्ति ठटाललाई अभिनन्दन

हिमालखबर

संगीतकार एवं गायिका शान्ति ठटाललाई पोखरामा अभिनन्दन गरिएको छ ।

शनिबार क्रियाशिल गायिकाहरुको साझा संस्था ‘हार्मोनी द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा’ले आयोजना गरेको ‘टेष्ट अफ हार्मोनी’ कार्यक्रममा ठटाललाई अभिन्नदन गरिएको हो ।

अभिनन्दनपछि बोल्दै ठटालले नारी शक्ति भएको र कला÷संगीतलाई अगाडि बढाउन नारीको ठुलो भुमिका रहेको बताइन् ।

ठटालले नारायण गोपालले गाएको सम्हालेर राख, अरुणा लामाले गाएको उडी जाउँ भने लगायतका सदावहार गीतमा संगीत दिएकी छन् । त्यस्तै, यो माया मलाई, कहीं फेरी नभेटिने, पिरतीको साँक्षी, आकाशमा एक्लो, मेरो माया मलाई लगायतका गीतमा संगीत तथा स्वर भरेकी छन् ।

हार्मोनीका अध्यक्ष इतु जोजिजुले संगीतकर्मीहरुका लागि ठटाल प्रेरणाको स्रोत भएको बताइन् ।

कार्यक्रममा चलचित्रकर्मी चेतन कार्की, सञ्चारकर्मी प्रकाश सायमी लगायतले सम्बोधन गरेका थिए । उनीहरुले नेपाली संगीतिक क्षेत्रमा ठटालले पु¥याएको योगदानको चर्चा गरेका थिए ।

त्यस्तै उक्त कार्यक्रममा पोखरामा रहेर नेपाली गीत–संगीतमा योगदान पु¥याएको भन्दै गायिका हरिदेवी कोइराला र गीतकार उषा शेरचनलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा गायिकाहरु इतु जोजिजु, कौशल्या गुरुङ, बबी सुनार, अजुदा थापा, रुबी गौली, शीतल थापा, मितु पल सिंह, रजनी रिदम राई, मालती गुरुङ, प्राप्ती तुलाचन, आँचल लामा, रितु लामा र मुस्कान रानाभाटले पुराना तथा नयाँ गीतहरु प्रस्तुत गरेका थिए ।

युवराज श्रेष्ठ, पोखरा

 

प्रतिकृया दिनुहोस