नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ एक हुने
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच एकीकरण हुने भएको छ ।
काठमाडौंमा आयोजना गरिएको एक समारोहकाबीच दुवै महासंघका अध्यक्ष मोहनकुमार सुनार र रमेश महर्जनले एकीकरणको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुई महासंघका सदस्य सम्मिलित कार्यदलको बैठकले एकीकरण अपरिहार्य रहेको भन्दै देशभरीका सम्बन्धित व्यवसायीलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।
सुनचाँदी व्यवसायको क्षेत्रमा देखिएका समस्याहरुलाई दीर्घकालीन रुपमा समाधान गर्नका लागि पनि एकीकरण आवश्यक रहेको बैठकको ठहर छ ।