आईएमईको नयाँ वर्ष योजना
आईएमई लिमिटेडले नयाँ वर्ष २०७५ का अवसरमा ‘नयाँ वर्षको बहार आईएमई गर्दा उपहारै उपहार’ योजना ल्याएको छ ।
१ चैतदेखि शुरु भएर जेठ मसान्तसम्म कायम हुने यस योजनाअन्तर्गत विदेशबाट आईएमई गर्ने सेवाग्राहीले साप्ताहिक ‘लक्की ड्र’मा डिस होम, मासिक ‘लक्की ड्र’मा स्मार्टफोन र बम्पर ‘लक्की ड्र’मा ४२ इन्चको एलइडी टिभी प्राप्त गर्न सक्नेछन् ।
योजना अवधिमा गरिएको कारोबारको ‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा कम्प्युटर पद्धतिमार्फत हुनेछ ।
त्यस्तै, मलेसियास्थित रिया आईएमईले पनि नयाँ वर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ ।
६ चैतदेखि लागू भएको यो योजना १७ बैशाखसम्म कायम हुनेछ । जसअन्तर्गत रिया आईएमईबाट रेमिटेन्स पठाउने सेवाग्राहीले पाक्षिक रुपमा स्मार्टफोन र बम्परमा एकजनाले ३२ इन्चको एलइडी टिभी प्राप्त गर्नेछन् ।