कुवेतमा सिटी एक्सप्रेस मनी ट्रान्सफर
सिटी एक्सप्रेस मनी ट्रान्सफरले कुवेतबाट सेवा शुरुआत गरेको छ ।
अब अल अन्सारी एक्सचेन्ज कुवेतको क्यास एक्सप्रेस वल्र्डवाइडमार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै रकम पठाउन सकिने छ ।
कुवेतमा रहेको अल अन्सारी एक्सचेन्जको नौ वटा रेमिटेन्स सेन्टरहरुबाट नेपालमा पैसा पठाउन मिल्ने कम्पनीले जनाएको छ ।
अल अन्सारी एक्सचेन्जको व्यवस्थापन पक्षले सिटी एक्सप्रेससँग सिधा रेमिटेन्स सम्झौता भएकोमा खुशी व्यक्त गरेका छन् ।
सिटी एक्सप्रेसले ११ वर्षदेखि विश्वका अधिकांश मुलुकमा रेमिटेन्स सेवा दिंदै आइरहेको छ ।