गोल्डस्टारको शोरुम नयाँबानेश्वरमा
गोल्डस्टार जुत्ताको निर्माता, वितरक तथा बजार व्यवस्थापक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले सातौं शोरुम नयाँबानेश्वरमा खोलेको छ ।
‘नेप्का ट्रेडर्स’ नयाँबानेश्वर, गोल्डस्टार जुत्ताकाे आधिकारिक फ्रेन्चाइज शोरुम हो ।
गोल्टस्टार जुत्ताको माग र ग्राहकको सुविधालाई ध्यानमा राखी नयाँ शोरुम स्थापना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले ललितपुरको लगनखेल, झापाको बिर्तामोड, कास्कीको पोखरा र दाङको तुलसीपुरमा नयाँ शोरुम स्थापनाको तयारी अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले आगामी वर्ष २०७५ भित्र देशभर ५० वटा शोरुम सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाएको छ ।