ट्रक त्रिशूलीमा खस्दा एकजनाको मृत्यु
मुग्लिन—नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ चारकिलो भन्ने स्थानमा ट्रक त्रिशूलीमा खस्दा एकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
२० असोज राती १ बजेको ना। ४ ख। ८५५२ नंको ट्रक अनियन्त्रित भई सडकबाट ८० मिटर तल त्रिशूली नदीमा खस्दा ट्रकका चालक कविलास–२ बस्ने २५ वर्षीय विकास गुरुङको मृत्यु भएको छ ।
चालकका सहयोगी कविला–९ बस्ने २६ वर्षीय चाल्र्स गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते गुरुङको चितवन मेडिकल कलेज उपचार भइरहेकोे छ । रासस