१४ चैतको एन्फा निर्वाचन रोक्न अदालतको आदेश
उच्च अदालत, पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) को १४ चैतमा हुन लागेको निर्वाचन रोक्न आदेश दिएको छ । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघ लगायतले एन्फाविरुद्ध दर्ता गरेको निवेदनको सुनुवाई गर्दै न्यायाधीश राजकुमार बनको एकल इजलासले ८ चैतमा यस्तो आदेश दिएको हो ।
आदेशमा निवेदकहरूलाई समेत संलग्न नगराई निर्वाचन गराउँदा निवेदकहरुको संविधानप्रदत्त हकमा आघात पुग्ने भएकाले तत्काल निर्वाचन नगर्न नगराउन भनिएको छ ।
एन्फालाई १५ दिनभित्र लिखित जवाफ सहित अदालतमा उपस्थित हुन पनि भनिएको छ ।
यसअघि १४ माघका लागि निर्धारित निर्वाचन एन्फा केन्द्रिय समितिले नै चैतका लागि सार्ने निर्णय गरेको थियो ।