एसईई परीक्षा शुरु, झण्डै पाँच लाख विद्यार्थी सहभागी
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) शुरु भएको छ । ८ चैत विहान ८ बजेदेखि देशभरका एक हजार ९५६ केन्द्रमा एकैसाथ परीक्षा शुरु भएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
एईई परीक्षाका लागि ४ लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् ।
एक हजार ९५६ केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन् ।
साधारणतर्फको परीक्षा १७ चैत र प्राविधिकतर्फको परीक्षा २० चैतसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयको तालिका छ ।
अनुत्तीर्ण वा अक्षराङ्कन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जाम्टेड परीक्षार्थीका रुपमा परीक्षा दिने व्यवस्था गरिएको रेग्मीले जानकारी दिए ।