शेयर बजार परिसूचक २४ अंकले ओरालो
शेयर बजार परिसूचक नेप्सेमा बुधबार २४ दशमलव ४० अंकको गिरावट आएर परिसूचक दुई वर्ष यताकै न्यून विन्दुमा ओर्लिएको छ ।
कारोबार खुलेको केही मिनेटदेखि नै ओरालो लाग्न शुरु परिसूचक १ हजार २३१ दशमलव ०७ विन्दुमा आइपुगेको छ । यसअघि २०७२ माघ १७ मा नेप्से १ हजार २२० अंकमा पुगेको थियो ।
बुधबार ‘क’ समूहका कम्पनीको मापक सेन्सेटिभ ५ दशमलव ४९, ब्यांकिङ समूह २२ दशमलव ११ तथा बिमा समूह १८६ दशमलव ६९ अंकले ओरालो लागेका छन् ।
शेयरको आपूर्ति बढी र ब्यांकिङ प्रणालीमा लगानीयोग्य पूँजीको अभावले लगानीकर्ताहरुको मनोबल घटेको हो । गत भदौ देखि नेप्से लगातार ओरालो झरिरहेको छ ।