कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाण
नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाण नियुक्त भएका छन् ।
कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्यस एवम् मानुपातिकबाट प्रतिनिधिसभा सदस्य खाणलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
संसदीय दलको उपनेतामा बिजयकुमार गच्छदार यसअघि नै मनोनित भैसकेका छन् ।