२० सदस्यीय राष्ट्रिय फुटबल टीम घोषणा
एएफसी एसियन कम छनोट खेल्नका लागि २० सदस्यीय राष्ट्रिय टीम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक ग्यातुकी कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्वल मानन्धरको टोलीले ५ चैतमा खेलाडी छनोट गरेका हुन ।
१३ चैतमा यमनविरुद्ध हुने खेलका लागि खेलाडी छनोट गरिएको हो । टीम नेपालको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथ र एलन न्यौपाने चयन भएका छन् । यस्तै डिफेन्डरमा बिराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, आदित्य चौधरी र रजिन धिमाल छानिएका छन् ।
मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, अन्जन विष्ट, हेमन गुरुङ, हेमन्त थापा मगर र सुनिल वल तथा फरवार्डमा बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र सुमन लामा छन् ।