यामाहा मोटरसाइकल किन्दा रु. ५० हजारसम्म छुट
नयाँ वर्ष २०७५ को अवसरमा यामाहा मोटरसाइकल र स्कूटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आमन्त्रण योजना ल्याएको छ ।
योजनाअन्तर्गत यामाहाका मोटरसाइकल तथा स्कूटरको खरिदकर्ताले एउटा स्क्र्याच कुपन पाउनेछन्, जसमा रु. ५ हजारदेखि ५० हजारसम्म नगद छूट र शतप्रतिशतसम्म क्यास ब्याक पाउन सक्नेछन् ।
१ चैतदेखि वैशाख मसान्तसम्म चल्ने यो योजनाअन्तर्गत ग्राहकहरुले माउन्टेन फ्लाइटसहितका विभिन्न पुरस्कारसमेत जित्न सक्ने कम्पनीले जनाएको छ ।