सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने नौजना पक्राउ
सामाजिक सञ्जाल, भाइबर, इमो र म्यासेन्जरबाट चिट्ठा परेको भन्दै पैसा ठगी गरेको अभियोगमा कास्की प्रहरीले नौ जनालाई पक्राउ गरेको छ ।
आज जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरेको हो ।
२५ लाख चिट्ठा पर्यो तपाईंका परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै विभिन्न जिल्लाका ८८ जनासँग रु एक करोड ३९ लाख ठगी गर्ने छुट्टाछुट्टै तीनवटा समूहलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा निस्दी गाउँपालिका–७ ज्यामिरे पाल्पाका यामबहादुर मगर, नेत्रवती गाउँपालिकाका ठाकुर गुरुङ, २८ वर्षीय गणेश गुरुङ, मनोज तामाङ, खनियाबास गाउँपालिकाका टेकबहादुर तामाङ, जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी कामनी तिवारी र योगेन्द्र तिवारी छन् । रासस