भैरहवामा यती एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो
भैरहवा एयरपोर्टमा यती एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।
काठमाडौंबाट भैरहवा पुगेको नाइन एन ए जे सी कल साइन भएको विमान अवतरणका क्रममा पांग्रा 'लक' भएको विमानस्थल स्रोतले जनाएको छ । पांग्रा नगुडेपछि विमान धावनमार्गमा अड्केको छ भने विमानस्थल बन्द गरिएको छ ।
विमानमा रहेका सबै २६ जना यात्रुको सकुशल उद्धार गरिएको छ ।
दीपक ज्ञवाली, बुटवल