पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा खड्कालाई गर्धन र खुट्टामा चोट लागे पनि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खड्का चढेको बा १५ च ८३५४ नम्बरको सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गरेको जीप त्नराजमार्ग अन्र्तगत मसिना भन्ने ठाउँमा ४ चैत दिउँसो साढे तीन बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
पूर्वमन्त्री खड्काको गर्धन र खुट्टामा चोट लागेको छ, उनका पिएसओ सञ्जीव आचार्य भने गम्भीर घाइते भएका छन् । दुबैको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
लक्ष्मी भण्डारी, सुर्खेत