दीपक मनाङे विरुद्ध रेडकर्नर नोटिस जारी
नेपाल प्रहरीले दीपक मनांगे भनिने राजीव गुरुङलाई ‘इन्टरपोल’ मार्फत खोजी शुरु गरेको छ ।
मनाङ प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् ।
गत २ माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई पाँच वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार भएका हुन् ।
नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले उनी विदेशमा रहेको सूचनाका आधारमा नेपाल प्रहरीको आग्रमा इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको जानकारी दिए ।