राष्ट्रियसभा उपाध्यक्षमा दाहाल र आलेको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा शशिकला दाहाल र वृन्दादेवि राना आलेको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रबाट सांसद् बनेकी दाहाल र नेपाली काँग्रेसकी सांसद् आलेले ३ चैतमा उम्मेद्वारी दर्ता गरेका हुन ।
निर्वाचन तालिका अनुसार ४ चैतमा बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ । राष्ट्रियसभामा ५८ जना मतदाता छन् । मत बराबर भएको अवस्थामा बाहेक अध्यक्षले मतदान गर्ने व्यवस्था छैन ।
राष्ट्रियसभामा एमालेका २७, काँग्रेस १३, माओवादी १२ तथा राजपा र संघीय समाजवादी फोरमका दुई दुई सांसद् छन् । मनोनीत तीन मध्ये एमाले समर्थक दुई र माओवादी समर्थक एक सांसद् छन् ।